घरभित्रै खाल्डो खनेर लुकाईएको अवस्थामा भेटियो १८ किलो सुन, के भन्छ प्रहरी ?

कञ्चनपुर फागुन, २– प्रहरीले कञ्चनपुरमा १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले पुनर्वासबाट १८ किलो सुन बरामद गरेको हो । कैलाली प्रहरीका अनुसा पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा उक्त सुन बरामद गरिएको हो…