कञ्चनपुरबाट फेरि ५ किलो ६ सय ग्राम सुन बरामद, काठमाडौंदेखि पश्चिम नेपाल हुँदै दिल्लीसम्म सुन तस्करको जालो

कञ्चनपुर फागुन, ३– कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रस्थित एक स्थानीयको घरभित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको १५ घण्टा नबित्दै जिल्लाको उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट गएराति प्रहरीले ५ किलो ६ सय ग्राम सुन बरामद गर्न सफल भएको नयाँ पत्रिकामा खबर छ । बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास)…