४८ वर्षमा नेविसंघको ११ महाधिवेशन, १८ सभापति !

काठमाडौं फागुन, ४– कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ नेता उत्पादन गर्ने नर्सरी भएको प्रस्ट्याउँछ । पञ्चायती व्यवस्था सुरु भएपछि कांग्रेसका विद्यार्थी नेताहरू संगठित हुँदै ०२७ सालमा नेविसंघ स्थापना गर्न पुगेका थिए । विपिन कोइरालाले मार्सलजुलुम शाक्यलाई एक मतले…