काठमाडौँ, असोज ८ । राष्ट्रिय सभाका सांसदहरुहले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्यन्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडवाडमा आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन र कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरे । उनले सहज अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाई जनतालाई…