सिके राउतको खोजी गर्न नेपाल प्रहरीद्वारा ‘स्पेसल टास्क फोर्स’ गठन

११ कात्तिक, काठमाडौं– स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ । केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको…