कपिलवस्तुको कृष्णनगरमा सोमबार पनि कर्फ्यू

५ कात्तिक, कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना प्रकाशित गरी  जिल्लाको कृष्णनगरमा   सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ ।  कार्यालयले  मंगलबार विहान ६ बजेसम्मका लागि  पूर्वमा सेमरा गाउँ,  पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म   कर्फ्यू लगाएको हो । निषेधित क्षेत्रभित्र…