साउदीका जेलमा सजाय काटिरहेका ३३ नेपाली कैदीलाई माफी

काठमाडौँ, असार १६ गते । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिएको हो । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ…