काठमाडौं । देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार ५ सय ४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना कारागारमा फर्किएका छन्। फर्किएकामा कारागारबाट भागेका ७ हजार ७ सय १३ र सुधारगृहबाट भागेका ३ सय ४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन्…