प्रहरीले भन्यो – आन्दोलनमा लुटपाट गर्नेहरूको तस्बिर, भिडियो भए पठाउनुस,कारबाही गर्छौ

काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा विभिन्न ठाउँमा भएका अप्रिय घटना, आगजनी, लुटपाटका कुनै तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै भनेको छ– ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका…