काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन्। विमानस्थल प्रवेश गर्दा उनीहरू रोएका थिए। ‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २०…