काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको चितवन शाखाले लोडसेडिङको तालिका सार्वजनिक गरेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्। सोमवार बिहानै शाक्य भरतपुर पुगेका हुन्। विद्युत प्राधिकरणको चनौली सबस्टेशनले तीन फिडरमा लोडसेडिङको सूचना निकालेको छ। सबस्टेसनले दिनमा ६ घण्टा लोडसेडिङ गर्ने जानकारी गराएको छ। चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना सुरु भएको छ। शाक्यको सचिवालयका इन्जिनियर नारायण…