काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन हुँदैछ । प्रतिनिधि सभामा ३८ सिट रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्नका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन प्रक्रिया अघि बढाएको हो। निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ…