गाउँमै उदाहरणीय काम गरिरहेका कमल, ४० रोपनीमा फलाउँछन् गोलभेँडा

पाँचथर । हिजोआज प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका-६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहेका छन्। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ। तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ। बीस…