काठमाडौं, ५ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको नतिजा धमाधम आइरहेको छ । अहिलेसम्म प्राप्त नतिजाअनुसार नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अग्रता बनाएको छ । नेविसंघलाई एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पछ्याएको छ। स्ववियु निर्वाचनको परिणाम आउने क्रम जारि रहेको छ ।