नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् । उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजिपी नियुक्त गर्ने निर्णय गरेको छ ।’ ३०औं महानिरीक्षक वसन्तबहादुर…