कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । वैशाख १ देखि जेठ २१ गतेसम्म समय दिइएकोमा २८ गते १२ बजेसम्मका लागि समय थप गरिएको हो । महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबारको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।…