काठमाडौं । पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा समस्या देखिएको छ । शाह आइतबार बेलुकी हृदयघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।