चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट '३० वटाको' रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी 'सात क्रेट' समर्थन मूल्य कायम गरिएको हो ।…