काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्न सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध प्रदर्शन भएको छ। बिहीवार काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो। सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरवलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा प्रदर्शन भएको हो। ‘जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय…