काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो । सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिवद्धता जनाए…