ग्राउन्ड ह्यान्डलिङ नेवानिकै हुन्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने बताएका छन् ।आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औं वार्षिकोत्सवमा मन्त्री किरातीले नेवानिले विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोस्ने स्पष्ट पारे । उनले निगमको ह्यान्डलिङ सेवा खोस्ने कोसिस नगर्न पनि प्राधिकरणलाई चेतावनी दिएका छन्…