काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले देशमा नीतिगत भ्रष्टाचारको आडमा मनपरीतन्त्र चलेको भन्दै त्यसलाई नियन्त्रण गर्न समयमा नै सचेत हुन आवश्यक रहेको बताएका हुन् । उनले भने,‘अहिले जुन नीतिगत भ्रष्टाचारका बढेको छ त्यसको अर्थ सबैलाई थाहा हुनु आवश्यक…