काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यस क्रममा उनले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको शव नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् । उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुरा गर्दै विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताएका थिए । ‘महामहिमज्यू…