काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो काम गर्दा गर्दै पनि चौतर्फी घेराबन्दी सहनु परेको गुनासो गरेका छन् । सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध श्रखलावद्ध आक्रमण भएको बताए । ‘सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम…