महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं , २१ भदौ । सभामुख देवराज घिमिरेले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन्…