अध्यक्ष तिमिल्सिना नेतृत्वको टोलि अष्ट्रेलिया जाँदै

काठमाडौँ, १० मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्टे«लिया जाँदै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी…