काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको अवसरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीको आधारभूत दायित्व भएको स्मरण गराएका छन्…