प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ सवार रहेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार रहेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। सोमबार बाढी पहिरो गएको पूर्वी पहाडि क्षेत्रको अवलोकन गर्न गएका प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, एमाले सचिव योगेश भटराई चढेको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको हो। संखुवासभाको तुम्लिङटारबाट पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल…