प्रतिनिधिसभा बैठकमा आज यी मन्त्रालयका बजेट शीर्षकमाथि छलफल

काठमाडौं, असार ४ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि विभिन्न मन्त्रालयगत बजेट शीर्षकमा छलफल हुँदैछ । अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको हो। सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। ती मन्त्रालयगत बजेटका शीर्षकमाथि…