काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ । गत बुधबारदेखि सुरु भएको बैठकमा प्राय नेताहरुले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका कामका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य,…