कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ला ?

११ फागुन काठमाडौं। नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठक बिहान ११ बजेवाट सुरु हुने भनिएको छ ।आज बस्ने बैठकवाट कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय आउन सक्नेछ।। बरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भाबना बढि छ ।…