काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुबै नेताबीच भेटवार्ता भएको हो । उनिहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ…