काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुसँग सामुहिक छलफल सुरुभएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरुलाई…