काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…