अब राजतन्त्र ब्युँतिदैन : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए । आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरे…