काठमाडौं। नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको छ । शुक्रबार (असोज १६) पत्रकारहरूसँगको भेटघाटमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो जानकारी दिएका हुन्। प्रवक्ता चालिसेले गगन थापाको नेतृत्वलाई लिएर अहिलेसम्म कुनै पनि पक्षबाट चुनौती नआएको स्पष्ट पारे। “अहिलेसम्म वर्तमान सभापति गगन थापालाई कसैले चुनौती दिएको अवस्था छैन,” उनले भने।…