स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्ने रास्वपा सांसद पाण्डेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमान्डौँतर्फको पानी आपूर्ति अवरुद्ध पार्ने चेतावनी दिएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा खानेपानी अभावका कारण काकाकुल हुनुपरेको भन्दै असन्तुष्टि जनाए । उनले मेलम्ची आयोजनाको मुहान क्षेत्र तथा…