९ मंसिर २०७९, नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ। सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार…