निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेकपा (एमाले) सुनसरी क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीलाई इटहरी उपमहानगरपालिका–१४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्ति ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ भगवती चौधरीको धम्की’…