भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो । उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई…