प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए । देउवा सिंह परिवारलाई बधाई दिएर फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला पनि सिंह परिवारलाई बधाई दिन पुगेका छन् ।