नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ । सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भईरहेको छ भने बाँकी पालिकाहरूमा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ । अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अशिषलाल यादव,…