प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू कसैको दबाबमा नपर्ने प्रस्ट पारेका छन् । शुक्रबार संवैधानिक इजलासमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्न बसेको इजलासमा रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न सुझाव दिएका थिए…