सभामुख पूर्णबहादुर घर्तीले लुम्बिनी प्रदेश सभाका सदस्य अजय शाहीलाई सांसद पदबाट हटाउन नसकिने निर्णय गरेका छन्। सभामुख घर्तीले सूर्य चिह्नबाट चुनाव जितेका सांसद शाहीलाई पदबाट हटाउन नसकिने निर्णय गरेका हुन् । शाहीले २०७४ को प्रदेश सभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित भएका…