निर्वाचन आयोगबाट माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्ताव गरेको नामले मान्यता पाउने हो भने ‘समाजवादी’ नाम जोडिएका दलको संख्या १० पुगेको छ । शुक्रबार नेकपा (एमाले) का पूर्व महासचिव माधवकुमार नेपालले आयोगमा ‘नेकपा(एकीकृत समाजवादी)’ नामक दल दर्ताका लागि निवेदन दिएका हुन्। यसअघि प्रस्तावित नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम मागेपछि नेपाल पक्षले एमाले…