हिजो (शनिवार) स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकको कार्यसूची केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र पार्टी सदस्यता नवीकरण तथा वितरणको सम्बन्धमा रहेको उनले जानकारी दिए ।