नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पापी मन भएको बताएका छन् । बुधबार एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले एमाले र माओवादी केन्द्रबीच एकता हुँदा प्रचण्डले पापी मन राखेर एकता गरेको आरोप लगाएका हुन् । उनेले सत्ता गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको…