तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भइ हाल नेकपा (एमालेमा रहेका दुई मेयरलाई तत्कालका लागि काममा रोक नलगाउन सर्बोच्चले अन्तरिम आदेश दिएको छ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चलेअन्तरिम आदेश दिएको हो। साह र कुशवाहाको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको…