थप स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आब्हान गरेका छन् ।राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका खनालले दिल्ली जाँदाजाँदै एक बक्तब्य जारी गर्दै देश, लोकतन्त्र र पार्टीको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको बताएका छन् । नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको र रगतमा संक्रमण…