प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी गरेका छन् । आईतबार बालुवाटारमा सत्तारुढ गठबन्धन का शिर्ष नेताहरुबिच सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने सहमती भएको हो । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच अहिले छलफल भइरहेको छ ।…